झलनाथ खनालकै क्षेत्रमा समाजवादी शून्य सबै कार्यकर्ता एमाले प्रवेश

इलाम चैत,नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति नै शून्यतामा पुर्याउने गरी सयौँ नेता तथा कार्कयर्ता एमालेमा भित्र्याएका छन ।

पहिलो पटक एमालेको पार्टी प्रवेश कार्यक्रममा इलामको सूर्योदय नगरपाकालिकाको फिक्कल बजारमा पुगेका अध्यक्ष ओलीले खनालका नेता कार्यकर्ता सबै एमालेमा भित्र्याएका छन । खनाल समाजवादीमा लागे पनि एमाले कार्यकर्ताहरू भने कमैमात्र उनीसँग गएका थिए । ती मध्ये पनि ९० प्रतिशत कार्यकर्ता आइतबार एमालेमै फर्किएको एमाले इलामका अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।