चीन सरकारका कारण भक्तपुरमा वीर अस्पताल बनाउन सकिएन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं ।    स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण हालसम्म भक्तपुरमा वीर अस्पताल बनाउन नसकिएको बताउनुभएको छ ।

मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले उक्त टिप्पणी गर्नुभएको हो ।

चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भएपनि विभिन्न कारणले चिन सरकारको सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताउनुभएको हो ।

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणका बेला यो विषयलाई एजेण्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमति गराउने प्रयास गर्ने पनि उहाँले बताउनुभयो ।

उहाँले चीन सरकारको सहयोगमा निर्माण हुन नसके दाता खोज्दै नेपालले आफ्नै लगानीमा निर्माण कार्य प्रारम्भ गर्नुपर्ने पनि बताउनुभयो ।