चैत्र ९ बुधबार/रबिन्द्र बराल,माेरङकाे रंगेली नगरपालिका ५ स्थित आमगाछी मा रहेको आवद्ध कृषि सहकारी मा आबद्ध रहेका तथा अन्य कृषक हरु लाई कृषि सामाग्री बितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बोरो धान ब्लक कार्यक्रम अन्तर्गत कृषि समाग्री हस्तान्तरण गरिएको हाे । कृषि ज्ञान केन्द्र, सुनसरी सम्पर्क केन्द्र काे सहयोगमा कृषि सामग्री बितरण गरिए काे थियोे । साे भेगमा रहेका १ सय ५० कृषक हरुकाे प्रयोगमा आउने पावर टिलर, बोरिङ, पावर स्प्रेयर, डिजिटल काटा, त्रिपाल, ईलेक्ट्रोनिक मोटर, होन्डा पम्प, रिपर, जैविक मल , जिङक बितरण गरेको छ।
उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिककरण अन्तर्गत बोरो आज ब्लड कार्यक्रम को अध्यक्ष निरोध मंडल ,उपध्यक्ष खगेन्द्र प्रसाद परियोजनाका निवर्तमान सिचव संजय मंडल, काेषाध्यक्ष चन्द्र प्रसाद मंडल जिल्ला समन्वय समिती मोरङ का प्रमुख नरेश पोखरेल, प्रधानमन्त्री कृिष आधुनिकिकरण प्रतिक्षा श्रेष्ठ, कृषि ज्ञान केन्द्र, मोरंग प्रमुख रामदेव सिंह, कृषि विकास निर्देशनालयका एलिसा खड्डा, सुनवर्षी कृषि शाखा प्रमुख नरेस कुमार साह, रंगेली कृषि शाखा प्रमुख विरेन्द्र कुमार मण्डल लगायतकाे उपस्थित समेत रहेको थियोे ।
तपाईको प्रतिक्रिया दिनुहोस्