सलमान खानसंग मराठी, हिन्दि र अंग्रेजीमा संम्बाद गर्दै पर्यटनमन्त्री आले

काठमाडौं, चैत ९ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच आज भर्चुअल संवाद हुँदैछ । आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे छलफल गर्न आज भिडियो सम्बाद हुन लागेको हो । यसअघि सोमबारका लागि तयभएको पूर्वनिर्धारित कार्यक्रम सलमानको स्वास्थ्य अवस्थाको कारण देखाउँदै रद्द भएको थियो ।

ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा पर्यटनमन्त्री आलेले सलमानसंग मराठी, हिन्दि र अंग्रेजी भाषामा भर्चुअल संवाद गर्ने जनाएका छन् । ओडिसीका प्रवन्ध निर्देश सिमान्त गुरुङका अनुसार अहिले सलमान दुई दिन नेपालमा रहने तय भए पनि थप एक दिन समय थप्न प्रयास जारी रहेको छ ।

यसअघि सोमबारका लागि तय भएको भिडियो संवाद कार्यक्रम आयोजकले नेपालबाट पैसा नहालेका कारण स्थगित भएको चर्चा बाहिरिएको थियो ।