प्रदेश स्थापना दिवस मनाउदै उन्नत वृक्षाराेपण

फागुन ५ साेमबार/रुपन्देहीको लुम्बिनिमा प्रदेश स्थापना दिवस मनाउदै उन्नत जातका फलफुल काे बृक्षाराेपण गरिएको छ । लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका साथ लुम्बिनीमा उन्नत जातको फलफुलको बिरुवा काे वृक्षारोपण गरि दिवस मनाईएको हो ।भुमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्वर ५, उद्योग पर्यटन वन तथा वातारण मन्त्रालय प्रदेश नम्वर ५, डिभिजन वन कार्यालय, रुपन्देही, लुम्बिनी विकास कोष र नेपाली सेनाको आयोजनामा कागति र अम्बाका एक सय गोटा वृक्षारोपण गरि दिवस मनाएको हाे । स्थनीय जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रदेश नम्वर ५ उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयका सचिव डाक्टर राधा वाग्लेको सभापतित्व एवं ५ नम्वर प्रदेश सभा सदस्य फकुरुद्यिन खानको प्रमुख आतिथ्यतामा कार्यक्रममा गरिएको हाे । डिभिजन वन कार्यालय रुपन्देहिका डिभिजनल वन अधिकृत बोधराज सुवेदीले बताए ।