आप्रवासन परियोजना (सामी) द्वारा जनप्रतिनिधिलाई अन्तरक्रिया

चैत्र ११ शुक्रबार,रबिन्द्र बराल/माेरङ काे रंगेली नगरपालिका मा सुरक्षित आप्रवासन परियोजना (सामी) द्वारा एक दिने स्थानीय जनप्रतिनिधि हरु लाई अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिका काे सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर केशब कुमारी खराल, कार्यकारी अधिकृत नवराज कार्की , वडा अध्यक्ष वडा सामाजिक प्रयाेजना का तीन जिल्ला का कार्यक्रम संयोजक देव नारायण चाैधरी, माेरङ जिल्ला संयोजक दिपक राउत, सगरमाथा सामुदाियक विकास केन्द्र का लेखा अधिकृत सन्ताेष बस्नेत , रंगेली नगरपालिका संयोजक अनिरुद्र ठाकुर , स्थानीय बुद्धिजीवी लगायत काे उपस्थिति समेत रहेको थियो ।

कार्यक्रममा बिदेशमा रहेका नेपाली हरुले नेपाल काे अर्थतन्त्र राम्रो आयस्राेत काे माध्यम रहेको कार्यक्रम का सहभागी हरु ले बताए । बिदेशमा दुख पाएर बिचल्ली समेत पर्ने गरेको र नेपाल सरकारले समेत त्यस्ता व्यक्ति हरु लाई आफ्नै भुमि ल्याउन सफल समेत भएको बताए । बिदेश बाट आएका युवती हरु लाई गाउँ घरमा नकारात्मक ढङ्गबाट हेर्ने प्रविधिले समाज समेत बिकृतिका रुपमा जाने सम्भावना समेत बडेकाे कार्यक्रममा सहभागी हरु ले बताए । सामुदायिक विकास केन्द्र का स्वीस सरकार विकास सहयोग एसडीसी र सामुदायिक विकास केन्द्र तथा हेल्भेटास नेपाल सुरक्षित माइग्रेसन काे सहयोग कार्यक्रम गरिएको थियोे ।