सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी

काठमाण्डाै – सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी हुनुभएको छ । गएराति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

विमलाले ८५ मत ल्याउनुभयो भने उहाँसँग पराजित हुने कमला पन्थीले ८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी हुनुभएको छ ।

उपाध्यक्षमा पवित्राले गीताकुमारी मैनालीलाई पराजित गर्नुभएको हो भने महासचिवमा वसन्तीले यशोदा अधिकारीलाई पराजित गर्नुभयो । त्यस्तै सचिवमा दुर्गाले पवन वर्षा शाहलाई पराजित गर्नुभयो । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गर्नुभएको हो ।

महाधिवेशनबाट सदस्यहरूमा आठ जना विजयी भएका छन् । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्सरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी हुनुभएको छ ।