चीनसँग १ दर्जन सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् ।

पाकिस्तान, अफगानिस्तान हुँदै नयाँ दिल्ली पुगेका विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमानमार्फत शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका विदेशमन्त्री वाङले शुक्रबार कुनै पनि भेटघाटको कार्यक्रम गरेनन् । भ्रमणको दोस्रो दिन शनिबार बिहान ६ः३० बजे हाइकिङ जाने कार्यक्रम रहेको छ ।

उनको भ्रमणको क्रममा रुट पर्ने ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली सुरक्षामा खटिनेछन् । हाइकिङबाट फर्किएपछि वाङले समकक्षी परराष्ट्रमन्त्री खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम रहेको छ ।

सोही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राजधानी दैनिकमा समाचार छ ।