गेरुवाधारी निखिल उप्रेतीको आध्यात्मिक रुप

नेपाली चलचित्रका चर्चित कलाकार निलिख उप्रेतीले ईतिहार, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र नै रहेको बताउँदै वीरगन्जमा आध्यात्मिक भाषण गरेका छन्। ‘हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान’ले वीरगन्जमा आयोजना गरेको ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रममा प्रमुख अतिथी रहेका उप्रेती दाह्री, चन्दन र गेरुवा गम्छा लगाएर हिन्दु साधुसन्तजस्तै देखिएका थिए।

वक्ताको रुपमा निकै प्रशंसा बटुलेका अभिनेता उप्रेतीले हिन्दु धर्म संस्कृति विज्ञानसंम्बत रहेको विज्ञानले पनि हिन्दु संस्कृतिका मान्यताहरुलाई सार्थक मान्दै गएको बताए। यसलाई जगेर्ना गर्न सकिएन भने सनातन हिन्दु परम्परामा आधारित नेपालको मौलिक संस्कृति लोप हुने चिन्ता व्यक्त समेत उनले गरे। उनले पृथ्वीको हरेक तत्वलाई सम्मान गर्ने र त्यसको पूजा गर्ने आस्था र परम्पराले अरुको तुलनामा हिन्दु धर्मलाई पृथक र महान बनाउने गरेको उनले उदाहरण उल्लेख गरेपछि कार्यक्रमका सहभागीले रुचाएका थिए।

‘हाम्रो आफ्नो मौलिक परम्परा, भाषा, संस्कृति र रहनसहन थियो। जुन विदेशीहरुको प्रभावमा हामी गुमाउँदै गएका छौं, यसरी ठूलो गल्ती गरिरहहेका छौ,’ उनले भने, ‘प्रायोजित एजेण्डा अनुसार देशमा हिन्दु धर्म समाप्त पर्नमा युवापिढीलाई लक्षित रुपमा प्रयोग गर्ने काम भईरहेको छ।’ वीरगन्ज स्थित जैन धर्मशालामा आयोजित गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अरु धर्मका अनुयायीहरुले धर्मान्तरण गराउने ध्येयले लागिपरेकोले सचेत हुन जरी रहेको औंल्याए।

कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक डा. देवेश झाले धर्मनिरपेक्षताको नाममा समाजमा हिन्दु धर्मविरुद्ध कार्यहरु भईरहेकोले यसलाई आफ्नो जरालाई चिन्नै पर्ने आवश्यक्ता रहेको बताए। नेपाल राष्ट्रको हजारौं बर्ष पुरानो विशिष्ट पहिचान हिन्दुत्व नै रहेकोले यसको संरक्षण गर्न आवश्यक रहेको झाले बताए।

कार्यक्रममा समाजसेवी अशोक बैद्यले विश्वको एक मात्र नेपाल हिन्दु राष्ट्र रहेको भन्ने पहिचान देशका नेताहरुले मास्ने काम गरेकोमा दु:ख जनाए। कार्यक्रममा वक्ता माधव राजपाल, बाबा बजरंगी दास र अभियानका जिल्ला संयोजक सत्रुधन गिरी लगायतले ‘हिन्दुराष्ट्र नेपाल’का पक्षमा जुट्न अह्वान गरे।