गाउँ घरमा नेताहरुको चहलपहल सुरु

चैत्र १२ आईतबार/रबिन्द्र बराल,स्थानीय निकायकाे निर्वाचन बैशाख ३० गते हुने भए पछि पछिल्लो समयमा गाउँ घरमा नेता तथा कर्याकर्ता हरुकाे चहलपहल सुरु भएको छ । अहिले सबै पटिका कार्यकर्ता हरु ले आम सर्वसाधारण हरु लाई पाटि प्रवेश तथा आफ्नो पाटि राम्रो र सबै काे मनमा बस्न सफल रहेको बताउदै हिड्ने गरेका छन । अहिले सबै जसाे गाउँ पालिका देखि नगरपालिका हरु मा दैनिकी पाटिका कार्यकर्ता हरु ले पाटि प्रवेश गराउन हाेडबाजी नै चलिरहेको देखिन्छ । साेहि क्रममा नेपाली काङ्ग्रेस ले घर घर जाओै कांग्रेस जिताओै अभियान अन्तर्गत रंगेली नगरपालिका काे बडा नम्बर ७ स्थित शुक्रवारे मा कार्यकर्ता हरु भेला गराएका छन ।

कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सचिव मोदराज घिमिरे नगर सभापति जगनाथ मंन्डल, युवा नेता सन्जिव श्रेष्ठ , अबिषेक अधिकारी , जिल्ला सदस्य शत्रुधन रजक, मनाेज साह , लगायत काे उपस्थिति समेत रहेको थियोे । कार्यक्रममा सहभागी हरु ले आगामी निर्वाचन नेपाली काङ्ग्रेसको मेयर देखि सबै बडा हरुमा जित हुने बताएका छन। सन्जिव श्रेष्ठ वडा नम्बर ७ काे वडा अध्यक्ष काे उमेदवार का लागि प्रवल सम्भावना समेत बडदै गएको छ । उनलाई पाटि का कार्यकर्ता भन्दा पनि असल र ईमानदार काे रुपमा सबै पाटि ब्यक्ति हरु ले हेर्ने गरेकाे एक कार्यकर्ता ले बताए ।उनलेे आफ्नाे लगि भन्दा पनि पाटि र जनता का लागि बर्षे दिन देखि काम समेत गर्दे आईरहेकाे र सबै काे मनमस्तिकमा पहिचान राख्न सफल भएका छन । उनले गाउँ घरमा रहेका अति बिपन्न परिवार र गरिव दुखिका लागि आर्थिक देखि अन्य सहयोग समेत गर्दे आईरहेका छन । अब आउने स्थानीय चुनावमा पाटिले श्रेष्ठलाई बडा काे टिकट दिए सबै पक्षले बिजय गराउने सुनिश्चित रहेकाे बुझिएको छ।