गाडी भाडा बढाउन तयारी

काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ ।

स्वचालित रुपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो । इन्धनको मूल्य वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने र इन्धनको मूल्य घट्दा भाडा पनि घट्ने गरी स्वचालित भाडादर लागू गर्न विभागको प्रस्ताव छ ।

यसअनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनासाथ सार्वजनिक यातायातको भाडादरमा परिवर्तन हुने छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।