राष्ट्रपतिपछि करिब आधा घन्टाकाे फरकमा ओली र प्रचण्ड भेट्दै चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौँ –     नेपालकाे तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ। जसअनुसार आइतबार विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकाे छ।

यसपछि आधा घन्टाकाे फरकमा विदेशमन्त्री वाङले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।

ओलीले बिहान ११ः१० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने छन्। ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने बुझिएकाे छ।

यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विदेशमन्त्री यीसँग मेरियटमै भेटवार्ता गर्ने छन्। भेटवार्ता बिहान ११ः४५ बजेलाई तय भएकाे बुझिएकाे छ।

उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन्।