पल शाहलाई रिहा गरे अन्य बालिकालाई जोगाउन गाह्रो हुन्छ: कानुन व्यवसायी वकिल

काठमाडौ। नाबालिग गायिकालाई ज’र्बज’स्ती क’रणी ग’रेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ। साथै उनी पुर्पक्षको लागि जेल चलान पनि भैसकेका छन्। बुधरदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो। सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यायलमा बुझाएको थियो।

सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो। १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो। बन्द इजलासमा भएको थुनछेक बहसका क्रममा एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गरे अन्य बालिका पनि जोखिममा पर्न सक्ने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भनेका थिए।

वादीको तर्फबाट बहस गर्ने एक कानुन व्यवसायीले आफ्नो बहसमा बालिका ब’ला’त्कार प्र’क’रणमा प्रतिवादी बि’यर लिएर बालिका सुतेको कोठामा जानु अपराधिक मनसाय र मध्यरातमा बालिका सुतेको कोठामा गएर कर’णी ग’रेको विषय बालिकाको बयानमा उल्लेख भएकाले आपराधिक कार्य दुवै भएको दाबी गरेका थिए। पीडितको शरीर नै घटनास्थल हुने, ब’ला’त्कार भीडभाडमा नहुने र लुकिछिपी हुने भएकाले पीडितको भनाई नै महत्त्वपूर्ण प्रमाण हुने भएकाले अभियोग पुष्टि हुने वकिलको जिकिर थियो।