स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ७ सय २३ जना मतदाता, सबैभन्दा बढी मतदाता मोरङमा

काठमाडौं ।    आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् ।

निर्वाचन आयोगले आइतवार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै आसन्न स्थानिय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्न पाउने जानकारी दिएको हो । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य मतदाता रहेका छन् ।

आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना रहेका छन भने सबभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् ।