काठमाडौं- एसियाकै धनी व्यक्ति तथा प्रख्यात चिनियाँ व्यवसायी ज्याक माले नेपालसहित नौ एशियाली मुलुकलाई कोरोनाभाइरसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्। शनिवार बिहान एउटा ट्वीट गर्दै उनले १८ लाख मास्क, २१०,००० टेस्ट किट, ३६,००० सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन्।
“यो चाँडै पुर्याउन सहज छैन। तर हामीले यो सम्पन्न गर्ने छौँ,” उनले ट्वीटमा लेखेका छन्।
सहयोग दिइने मुलुकमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दि, म्यान्मार, पाकिस्तान र श्रीलङ्का पनि छन्।
ज्याक माले अमेरिकासहित अन्य विभिन्न मुलुकलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्