यसकारण फेरी पनि बन्द हुने भयो ‘द कपिल शर्मा सो’ !

काठमाडौं-चर्चित कमेडी रियालिटी सो ‘द कपिल शर्मा सो’ केही समयका लागि बन्दा हुने भएको छ । सोका होस्ट कपिल शर्मा एक महिनाका लागि अमेरिका–क्यानडा यात्रामा जाने भएका कारण शो एक महिनाका लागी बन्द हुने भएको हो ।

भारतीय टेलिभिजनबाट प्रसारण हुने उत शो केही एपिसोड छायांकन हुन नसकेपछि केही समयका लागि सो स्थगन गर्नुपर्ने शर्माले बताए ।यसअघि पनि कपिल शर्माले सो केही समयका लागि स्थगन गरेका थिए। जति बेला उनी बाबु हुने तयारीमा थिए ।