तटस्थ युक्रेनको रुसी शर्त स्वीकार्न युक्रेनी राष्ट्रपति जेलेन्स्की तयार

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तटस्थ युक्रेन सम्बन्धि रुसको माग स्वीकार गर्न तयार हुनुभएको छ । रुसको एक स्वतन्त्र पत्रिकालाई अन्तर्वार्ता दिंदै जेलेन्स्कीले युक्रेन स्वीजरल्याण्ड झैं तटस्थ देशको रुपमा रहनुपर्ने मागमा छलफल गर्न आफू तयार रहेको बताउनुभएको हो । तर उक्त भूमिका स्वीकार्दा युक्रेनको सार्वभौमिकता अक्षुण रहने प्रत्याभूति तेस्रो शक्तिले दिनुपर्ने शर्त पनि उहाँले राख्नुभएको छ ।

रुस र युक्रेनबीच यसै साता टर्कीमा अर्को चरणको वार्ता गर्न तयारी भईरहेको बेला युक्रेनी राष्ट्रपतिबाट यस्तो कुरा आएको हो । रुसले युक्रेन कुनै पनि सैन्य गठबन्धनमा संलग्न हुन नहुने र उसको भूमिका स्वीजरल्याण्डको जस्तो हुनुपर्ने शर्त राख्ने गरेको छ ।

उता, युक्रेनी सेनाका गुप्तचर प्रमुखले रुसले युक्रेनलाई दुई भागमा बाँड्न चाहेको आरोप लगाउनु भएको छ । गुप्तचर प्रमुख किरिलो वूडानोभले रुसले युक्रेनलाई उत्तर र दक्षिण कोरियाको मोडलमा विभाजन गर्न खोजेको आरोप लगाउनु भएको हो ।

यो पनि पढ्नुहोस् : लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी, प्रचण्डको असन्तुष्टि

प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्। प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन्। यसबीच उनीहरुबीच निरन्तर सम्बादसमेत भइरहेको छ।

बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको छ। भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेको स्रोतको भनाइ छ। ‘प्रधानमन्त्री र ठाकुरबीच दिउँसो सरकारमा सहभागी हुने विषयमा छलफल भयो। छलफलमा अध्यक्ष ठाकुरले चार मन्त्रालय दाबी गर्नुभएको छ,’ स्रोतले भन्यो। प्रधानमन्त्री देउवाले दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन चाहेको बालुवाटार स्रोतको दाबी छ।

लोसपा नेता डा। सुरेन्द्र झाले पनि सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग महन्थ ठाकुरले निरन्तर सम्वाद गरिरहेको बताए। त्यसका लागि लोसपाले आफ्ना सर्तहरु अगाडि सारेको उनले बताए। ुहो, सरकारमा सहभागी हुनेबारे अध्यक्षजी र प्रधानमन्त्रीजीबीच सम्वाद भइरहेको छ। प्रधानमन्त्री देउवाले लोसपलाई सरकारमा ल्याउने तयारी गर्दैगर्दा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन्। प्रधानमन्त्री देउवाको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँण खुमलटार पुगेका थिए । प्रधानमन्त्रीको सन्देशमा प्रचण्डले अनिच्छुक देखाएको माओवादी नेताले बताए। ‘उपेन्द्र यादवजी सरकारमै हुनुहुन्छ। उहाँ सरकारमा हुँदाहुँदै महन्थजीलाई सरकारमा सहभागी गराउनु उहाँ(प्रचण्ड)ले ठीक मान्नुभएन,’ ती नेताले अन्नपूर्णसँग भने। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।