मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही बेरमा बैठक बस्ने तयारी गरिएको जनाइएको छ ।

मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल हुने बताईएको छ ।

स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निणर्य हुन सक्ने छ । साथै, आजको बैठकले विभिन्न देशका लागि राजदूतको सिफारिस गर्न सक्ने सम्भावना समेत रहेको छ ।

सामान्यता मन्त्रिपरिषद् बैठक सातामा दुई दिन (सोमबार र बिहीबार) बस्ने प्रचलन छ ।