साना दलहरूलाई उनीहरूकाे आफ्नै चुनाव चिह्न दिने निर्णय

काठमाडौँ ।    निर्वाचन आयोगले साना दलहरुलाई पनि उनीहरुको आफ्नै च्नाव चिह्न दिने निर्णय गरेको छ । आगामी स्थानीय तहको निर्वाचनमा अब साना दलहरुले पनि दल दर्ताको समयमा आयोगमा पेश गरेको आफ्नै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

यसअघि राष्ट्रिय दलबाहेकका साना दलहरुलाई नयाँ चुनाव चिह्न दिने भन्ने विषयले विवाद र विरोध निम्त्याएको थियो । तर आयोगको आइतबार बसेको बैठकले अब राष्ट्रिय मान्यता प्राप्त नगरे पनि दलहरुलाई उनीहरुकै चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको हो । यस निर्णयसँगै अब साना र नयाँ दलहरूले पनि उनीहरूकै चाहना अनुसारकाे चुनाव चिह्नबाट चुनावमा जान पाउने भएका छन् ।