राजवादीसँग भेटेर ओलीले खतरनाक योजना बनाइरहेका छन् : माधव नेपाल

काठमाडौं ।     एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरुसँग भेटेर खतरनाक योजना बनाउने गरेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले खुलासा गरेका छन् ।

सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले) का अध्यक्ष ओली राजावादी शक्तिहरुसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरु बनाउने गरेको खुलासा गरेका हुन् ।

केहीदिन पहिले पनि नेपालले ओलीलाई राजवादीसँग मिलेको आरोप लगाएका थिए । ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि नेपालले बताए ।

यस्तै उनले तत्कालीन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्ध लागेको भएपनि आफूले उनीहरुबाट धोका पाएको गुनासो गरेका छन् ।