टर्कीका अभिनेता दुज्यातान नेपाल आउने

काठमाण्डौ –    पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनका लागि टर्कीका चर्चित अभिनेता उनगिनअल्टान दुज्यातान नेपाल आउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र टर्की–नेपाल व्यापार परिषद्का अध्यक्ष मेहमतमुस्तफा एकिनसेलरबीच आज सोमवार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा याे जानकारी दिइएकाे हाे । एकिनसेलरले नेपालको पर्यटन प्रवर्द्धन र टर्कीका पर्यटक नेपाल भित्र्याउनका लागि चर्चित अभिनेता दुज्यातानलाई नेपाल ल्याउने जानकारी दिनुभएको हो ।

टर्की–नेपालको पर्यटन प्रवद्र्धन तथा कोभिड पछिको पर्यटन उद्योगलाई उकास्नका लागि भए पनि अभिनेता दुज्यातान नेपाल आउँदा निकै फाइदा हुने मन्त्री आलेले बताउनुभयो । मन्त्रालय र पर्यटन पुनरुत्थानको सहकार्यमा अभिनेता दुज्यातान आउँदो वैशाखमा नेपाल आउने कार्यक्रम रहेको पर्यटन पुनरुत्थानका संयोजक राजाराम गिरीले जानकारी दिनुभयो ।

यस्तै आउँदो जेठ १४ गते भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम तय भएको छ ।