मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं ।    मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागी कम्तीमा १९ जनाका मृत्यु भएको छ । स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समयअनुसार बिहान करिब १०ः३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौं व्यक्ति घाइते भएका बताइएको छ । उक्त घटनामा मृत्यु हुनेमा १६ पुरुष र तीन महिला रहेका बताइएको छ ।

मिकोआक्यान राज्यको लस टिनाजा शहरमा उत्सवका लागि भएको जमघटमा दुई समूहबीच विवाद भएपछि गोली चलेको एक प्रत्यक्षदर्शीले बताएका अभियोजनकर्ताको कार्यालयलाई जानकारी प्राप्त भएको छ ।

आक्रमणको सूचना पाएपछि अपराध दृष्य तथा विशेषज्ञ सेवा एकाइका कर्मचारी तुरुन्तै घटनास्थल पुग्दा गोली लागि १६ पुरुष र तीन महिला मृत अवस्थामा फेला परेका एफजीईले उल्लेख गरेको छ ।

आक्रमणमा घाइते भएका अन्य दर्जनौंलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार सुरू गरिएको छ । घटनाबारे थप जानकारीका लागि अनुसन्धान भइरहेको भन्दै अधिकारीले घटनाबारे थप विवरण दिन इन्कार गरेका छन् ।