निर्वाचन सम्बन्धी गुनासा सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा

काठमाडौँ–   निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको छ।

सर्वसाधारणका निर्वाचन सम्बन्धी जिज्ञासा गुसासो तथा आचारसंहिता उल्लघंन लगायतका उजुरीको सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए।
कल सेन्टरको मंगलबार एक कार्यक्रमकोबीच प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उद्घाटन गरेका हुन्। सहायक प्रवक्ता अर्यालले भने ‘सर्वसाधारण नागरिकका गुनासा, समस्याका साथै आचारसंहिता उल्लघंन सम्बन्धी उजुरीलाई तत्काल सम्बोधन गर्ने गरी कल सेन्टर सञ्चालनमा ल्याइएको हो।’ ११०२ मा फोन गरी सर्वसाधारणले निर्वाचनसम्बन्धी विविध जिज्ञासा गुनासा तथा उजुरीसमेत नि:शुल्क आयोगलाई टिपाउन सक्ने छन्।