१४ औ राष्ट्रियपति खेलकुद रंगेलीमा सुरु

चैत्र १६ बुधबार/रबिन्द्र बराल,रंगेली नगरपालिकाले १४ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेल रंगेली मा सुरु भएको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल सम्पन्न भएको हो । नगर स्तरीय साे खेल चैत्र १६ गतेदेखि १८ गतेसम्म खेल हुने भएको छ । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र निजि बिद्यालयलाई समावेश गरि १७ विद्यालयबाट बिधार्थि हरु उक्त खेलमा सहभागी रहेका छन । खेलमा कक्षा९ देखि १२ सम्मका छात्र, छात्राहरुको उपस्थिति रहेको छ ।

उद्घाटन खेलमा प्रमुख अतिथि नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल बिष्ट अतिथि प्रशासकीय अधिकृत नवराज कार्की , अतिथि हरु शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, वडा अध्यक्ष, सदस्य स्थानीय बुद्धिजीवी लगायत ले खेलकाे उद्घाटन गरेका थिए । खेलमा प्रथम , द्वितीय र तृतीय हुने लाई सहित सिल्ड र प्रमाणपत्र बितरण गरिने आयोजक ले जनाएको छ। प्रतियोगितामा दौड, कवडि, भलिबल, सटफुट, हाईजम्प खेल खेलाईने छ । खेल जनता क्याम्पसको खेल मैदानमा भईरहेकाे छ ।