बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

चितवन   –   बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर– २, टाँडी निवासी ५५ वर्षीय निरञ्जन श्रेष्ठ र उनकी ५० वर्षीया श्रीमती निनतारा श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले बताए।

टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको मिनी बस ले भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ००२ प १८९५ नम्बरको मोटरसाइकल ठक्कर दिँदा श्रेष्ठ दम्पती गम्भिर घाइते भएका थिए।

उनीहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।