काठमाडौं । वीरगञ्जका एक जना व्यापारीमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर भएका एक जनामा कोरोनाको संक्रणम पुष्टि भएको हो ।केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो त्यहाँ जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो ।ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवार र ती व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नेबारे वीरगञ्ज महानगर आकस्मिक बैठक बोलाएको जनाइएको छ ।
- 1
- 2
- 3
- 4
- 5
तपाईको प्रतिक्रिया दिनुहोस्