धनगढीका युवा भट्टले गरे क्‍वारेन्टाइनका लागि निःशुल्क घर दिने घोषणा

धनगढी/धनगढीका युवा मदन भट्टले सरकारलाई आवश्यक परे कोरोना भाइरसको आशंका लागेका व्यक्तिलाई राख्न आफ्नो घर दिने घोषणा गरेका छन्। सामाजिक संजाल फेसबुकमार्फत उनले आफ्नो खाली रहेको ३ तले घर आइसोलेन र क्‍वारेन्टाइनका लागि सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन।

फेसबुकमा पोस्ट राख्दै उनले लेखेका छन, ‘यदी सरकारलाई आवश्यक पर्छभने जतिबेला जुनसुकै समयमा पनि मेरो खालीरहेको ३ तले घर आइसोलेसन वा क्वारेन्टाइन जुनसुकै प्रायोजनको लागि भएपनी निःशुल्क रुपमा चाहिएको अवधीको लागि नेपाल सरकारलाई उपलब्ध गराउने घोषणा गर्दछु।’

भट्ट विगतदेखि नै विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका छन।दिनेश खबर