ओलीको पश्न– प्रधानमन्त्री ठ्याक्कै चुनाव अगाडि भारत किन जानुभयो ?

काठमाण्डु –    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण गएकोमा उनले सन्देह प्रकट गरे ।

अनेरास्ववियुको विस्तारित बैठक उद्घाटन समारोहमा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू भारत जानुभएको छ । ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला यति बेलै किन जानुभो भनेर ।’

ओलीले विदेश गएका बेला प्रधानमन्त्रीको आलोचना नगर्ने बताए ।

‘अहिले आलोचना गर्दा देशबाहिर भएको बेला लखेट्यौ भन्लान्,’ ओलीले भने ।