राजेन्द्र लिङ्देनले भने-‘स्थानीय चुनावमा राप्रपाले कसैसँग तालमेल गर्न आवश्यक छैन’

काठमाडौं  ।    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा राप्रपाले कसैसँग गठबन्धन गर्न आवश्यक नरहेको दाबी गरेका छन् ।

शुक्रबार उदयपुर सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा अध्यक्ष लिङ्देनले आवश्यकता हेरेर गठबन्धन गर्न सकिने भएपनि राप्रपासँग आफ्नै बलबुताले लड्ने क्षमता रहेको दाी गरेका हुन् ।

अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाउने बताए ।

उनले देश ३१ वर्ष निक्कमाहरूले शासन गर्दा अहिलेको अवस्था आएको आरोप लगाए ।