सरकारी कार्यालयले ‘नेपाल सरकार’को सट्टा फेरि ‘श्री ५ को सरकार’ लेख्न थाले !

काठमाडौं । गणतन्त्र ल्याएपछि श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्न थालिएकोमा फेरि कतिपय सरकारी कार्यालयले श्री ५ को सरकार लेख्न थालेको देखिएको छ ।

अध्यागमन कार्यालयले आफ्नो मातहतको कार्यालयलाई पठाएको पत्रमा ‘हिज मेजेष्टी गर्भमेन्ट अफ नेपाल’ भनेर लेखिएको छ । यही गएको चैत १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई अध्यागमन विभागले लेखेको पत्रमा यस्तो लेखिएको हो ।

यो पत्र पूर्वसचिव भीम उपाध्यायले सार्वजनिक गरेका हुन् । यसमा भएको त्रुटीबारे सम्वन्धित विभागले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन् ।