देशलाई संकटबाट माओवादीले नै बचायोः प्रचण्ड

काठमाण्डु –    नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीको बलमा देश लोकतान्त्रिक गणतन्त्रमा गएको दाबी गरेका छन् ।

महोत्तरीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘माओवादीकै बलमा देश लोकतान्त्रिक गणतन्त्रमा गयो। देशलाई संकटबाट बचाउने काम पनि माओवादीबाट नै भयो,’ उनले भने, ‘सबै गर्ने माओवादी तर सरकार चलाउने अरु अमाओवादी भए। त्यसैले जसको नीति उसको नेतृत्व आवश्यक हुन्छ।’