पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीशको नाम सिफारिस

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कार्यवाहक प्रधानमन्त्रीका लागि पाकिस्तानका पूर्व प्रधानन्यायाधीशको नाम राष्ट्रपतिसमक्ष पठाएका छन् ।

प्रधानमन्त्री खानको सिफारिसमा संसद विघटन गरेका राष्ट्रपति डा. आरिफ अल्भीले केयर टेकर सरकारको नेतृत्व गर्ने व्यक्तिको नाम दिन खान र विपक्षी दलका नेता शेहबाज सरिफलाई पत्र लेखेका थिए । राष्ट्रपतिकै पत्रका आधारमा खानले गुल्जार अहमदलाई प्रधानमन्त्री सिफारिस गरेको

खान सरकारका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले जनाकारी दिए । उनले ट्विट गर्दै राष्ट्रपति आरिफ अल्वीको पत्रको जवाफमा इमरानले पूर्व मुख्य न्यायाधीश गुलजार अहमदको नाम पठाएको बताएका हुन् ।

पीटीआई को कोर कमिटीको बैठकमा पूर्व प्रधानन्यायाधीशको नाम तय भएको उनको भनाई छ । संसदमा अविश्वासको प्रस्ताव पारित भएर सरकार छाड्नु पर्ने स्थिति आएपछि इमरानले अविश्वास प्रस्तावलाई खारेज गर्न लगाउँदै संसद विघटन गरेका थिए ।