अब नयाँ जनादेश : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनादेश के थियो र अब चुनावमा के जनादेश आउँछ भन्ने कुरा परिणामले देखाउने बताएका छन्।

प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको सम्मेलनमा पूर्व प्रधानमन्त्री ओलीले शान्ति, विकास र जातीय सद्भावका लागि आफ्नो पार्टीले काम गर्दै आएको उल्लेख गर्दै अबको निर्वाचनमा यही मुद्दाका आधारमा एमालेले विजय हासिल गर्ने जिकिर गरे।

उनले कम्युनिष्टहरुले मुलुकमा द्वन्द्व मच्चाउने भन्दा शान्ति, स्थापना गरी तराई, पहाड, हिमालबीचको मेलमिलाप गराउन सक्रिय हुनुपर्नेमा जोड दिए।