रंगेलीमा अनाैठाे ठग पक्राउ

रबिन्द्र बराल    –

माेरङमा अनाैठाे खाल्काे ठगि गर्नेलाई ईलाका प्रहरी कार्यलय रंगेलीले पक्राउ गर्ने सफल भएको छ । गाउँ घरमा रहेका अतिविपन्न परिवार लाई हरु लाई प्रलोभनमा पारेर रकम असुली गर्दे हिड्ने सुनसरी भोक्राह गाउँ पालिका ४ वस्ने बर्ष ५० का दिपेन्द्र उराव लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उरावले असाेज महिना देखि गाउँ घरमा गएर बिदेशी फन्ड आएको भन्दै सो फन्ड बाट घर वनाउन लगानी गर्छ र तपाईं हरु ले ५० हजार रुपैयाँ दिए पुग्छ भन्दै स्थानीय हरुलाई झुक्याएर रकम समते असुली गरेका थिए । उरावले स्थानीय हरु संग किस्ता वापत रकम लाग्ने र पहिलो किस्तामा दस हजार रुपैयाँ बुझाउनुपर्ने भन्दै रकम समेत असुलि गरेकाे प्रहरीले नाएको छ ।

घर निर्माणमा जम्मा ५० हजार रुपैयाँ तिरे सम्पुर्ण काम पूरा गर्ने र आफुले कुनै समाग्रि नदिनु पर्ने भन्दै ठगी गर्दे हिडिरहेकाे अवस्थामा उनलाई चैत्र १६ गते सुनवर्षी नगरपालिका ९ बाट उनलाई पक्राउ गरीएकाे थियोे । रंगेली ५ का बबिता देवी मण्डलको घरमा असाेज महिना देखि आएको र २० देखि ३० कोठा को घर बनाउन का लागि ५० हजार रुपैयाँ किस्ता किस्ता गरेर रकम बुझाउनु पर्ने समेत भनेका थिए ।

एक किस्तामा रु १० हजार रुपैयाँ दिनु पर्छ र मानिसहरुको समुह बनाउनु पर्ने र एक जना बराबर १० हजार रुपैयाँ दरले ८५ जना संग ८ लाख ५० हजार रुपैयाँ र फाल्गुन महिना दोस्रो किस्ता स्वरुप ४० हजार रुपैयाँ गरी १२ लाख ५० हजार रुपैयाँ पैसा उठाई ठगि गरेका थिए । आवश्यक कार्वाही का लागि ईलाका प्रहरी कार्यालय रंगेली काे नियन्त्रणमा राखिएको प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।