१३ नाबालिग विद्यार्थी बलात्कार गरे, ८ जना गर्भवती, अन्ततः फाँसी भयो यी शिक्षकलाई

जकार्ता। इन्डोनेसियाको एक इस्लामिक बोर्डिङ स्कुलमा १३ किशोरीलाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

हेरी विरावनले १२ देखि १६ वर्षका उमेरका १३ जना छात्राहरूसँग यौनसम्पर्क गरेका थिए। पीडितमध्ये ८ जनाले आफूहरू गर्भवती भएको बताएका थिए।

फेब्रुवरीमा विरावनलाई एक अदालतले जन्मकैदको सजाय सुनाएको थियो। तर, सो फैसलाप्रति असन्तुष्ट अभियोजकहरूले मृत्युदण्डको माग गर्दै पुनः उजुरी गरेका थिए।

‘हामी प्रतिवादीलाई मृत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङ्ग उच्च अदालतको वेबसाइटमा सोमबार पोस्ट गरिएको एउटा विज्ञप्तिमा न्यायाधीशले भनेका छन्।