माधव नेपालका ज्वाइँदेखि झलनाथ खनालका सालोसम्म राजदूत नियुक्ति

काठमाडौं ।    गठबन्धन सरकारले अष्ट्रेलियाको राजदूतमा माधवकुमार नेपालका ज्वाइँ कैलाश पोखरेललाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझको बैठकले २० देशका गर्दा माधव नेपालका ज्वाईदेखि झलनाथ खनालका सालोसम्मलाई अवसर दिएको छ ।

पोखरेल अध्यक्ष माधव नेपालका कान्छि बहिनी बसुदाका श्रीमान हुन । त्यस्तै नेकपा एसकै सिफारिसमा झलनाथ खनालका सालो मिलन तुलाधरलाई रसियाको राजदूतका लागि सिफारिस गरिएको छ । श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र उर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालका बहिनी ज्वाइँ हुन् ।

चीनको राजदूतमा माओवादी कोटाका बिष्णु पुकार श्रेष्ठ परेका छन् । त्यस्तै जसपाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूत बन्ने मौका पाएका छन् । यसअघि श्रीलंकाको राजदूतबाट राजिनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योती प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ ।

उनी प्रधानमन्त्री देउवा निकट मानिन्छ । आज राजनीतिक कोटाबाट सिफारिस भएका राजदूत अधिकांश नेताका नातेदार रहेका छन् । निर्वाचन आयोगले भोलिदेखि आचारसहिता लागु गर्ने तयारी थालेपछि गठबन्धन सरकारले मनलाग्दी नियुक्ती गरेको हो ।

गठबन्धन सरकारले अन्य कयौं नियुक्ति गोप्य राखेको छ । नियुक्तिमा सैद्धान्तिक सहमति दिएर अगाडिकै मितिदेखि लागुगर्न गोप्य राखेको स्रोतले बताएको छ ।

राजनीतिक दलबाट राजदूतमा सिफारिशको यस्तो छ नामावली

१ विष्णु पुकार श्रेष्ठ (चीन)

२ दानबहादुर तामाङ (दक्षिण अफ्रिका)

३ शर्मिला पराजुली ढकाल (स्पेन)

४ बाशुदेव मिश्र (श्रीलंका)

५ मिलन तुलाधर (रसिया)

६ कैलाश पोखरेल ९अष्ट्रेलिया०

७ डिल्लीराज पौडेल (मलेसिया)

८ शान्ता रिजाल (इजरायल)

९ ज्योति प्याकुरेल (दक्षिण कोरिया)

१० प्रा डा।रामशुरज राय यादव (डेनमार्क)

११ नवराज सुवेदी (साउदी अरब)

१२ नरेश विक्रम ढकाल

परराष्ट्र सेवाबाट राजदूतमा सिफारिश

१ घनश्याम भण्डारी

२ हरिशचन्द्र घिमिरे

३ तीर्थराज वाग्ले

४ डोरनाथ अर्याल

५ सुशिल कुमार लम्साल

६ भरतकुमार रेग्मी

७ निर्मल राज काफ्ले

८ दुर्गा बहादुर सुवेदी