रुस राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बित, मतदानमा नेपाल अनुपस्थित

काठमाडौं। रूस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित भएको छ।

संयुक्त राष्ट्रसंघको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर भएको बीबीसीले जनाएको छ।

संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए।

भोटिङ प्रकृयामा ५८ देश अनुपस्थित रहेका थिए। नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो।

चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो।