सिमाक्षेत्रका मतदान स्थालको अवलोकन गर्दे मोरङ प्रमुखहरु (फोटो फिचर)

चैत्र २७ आईतबार,रबिन्द्र बराल,स्थानीय निकायकाे निर्वाचन नजिकिदै जाँदा माेरङमाजिल्ला सुरक्षा समितिले सिमा क्षेत्रमा रहेका ७० बटा भन्दा बडि मतदान केन्द्रको अनुगमन गरेको छ । सुरक्षा समिति माेरङ ले सिमाक्षेत्रमा रहेका मतदान केन्द्र हरुको अनुगमन गरेकाे हाे ।

मतदान केन्द्र र स्थलको पछिल्लो अवस्थाबारेमा जानकारी लिन का लागि मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी
काशिराज दाहाल, नेपाली सेना थलाहा का प्रमुख सेनानी अमृत थापा मगर , जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइराला , ससस्त्र प्रहरी बल मोरङका प्रमुख राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धान का उप निर्देशक वासुदेव सिग्देल , ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्का , ससस्त्र प्रहरी बिओपि रंगेली का कमल बहादुर अधिकारी लगायत काे अनुगमन टाेलिले निरिक्षण गरेका थिए । अनुगमनमा रंगेली नगरपालिका , धनपालथान गाउँ पालिका, सुनवर्सि नगरपालिका , जहदा गाउँ पालिका लगायत सिमाबर्ति क्षेत्रमा निरिक्षण गरेका हुन । उनी हरु माेरङकाे सिमाबर्ति क्षेत्रमा रहेका आदर्श माध्यमिक बिधालय , अभिजित प्राथमिक बिधालय ,निचामारी प्राथमिक बिधालय , जनता माध्यमिक बिधालय ,पव्लिक उच्च माध्यमिक बिधालय लगायत का बिधालय हरु काे अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल ले बताए । मतदान केन्द्र लाई तीन भागमा बिभाजन समेत गरेका छन ।

अति समंवेदन शील, समवेदन शील र सामान्य गरि तीन भागमा बिभाजन गरिएको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल का अनुसार मतदान गर्नका लागि मतदान केन्द्र र मतदान स्थलमा आवश्यक पूर्वाधारको अवस्था केही राम्रो र केहिमा सुधार्नेका लागि सम्बन्धित पालिका हरु लाई समेत जानकारी समेत गराएकाे बताए ।