गाउँपालिका अध्यक्षमा एमालेको विजयी सुरुवात, चामेको अध्यक्षमा एमालेका लोकेन्द्र घले विजयी

मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् ।

उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।

घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालकाे निर्वाचनमा २१४ मत ल्याएर जित हात पारेका थिए ।

चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन् ।

निर्वाचन आयोगका अनुसार १६ जिल्लाका ७७ केन्द्रमा मतदान स्थगित, गण्डकी र लुम्बिनीमा शतप्रतिशत मतदान सम्पन्न भएको जनाएको छ ।