काठमाडौंमा ३६ सय मत गन्दा बालेनले फराकिलो पारे स्थापितसँगको मतान्तर

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै गएका छन्।

३ हजार ६२७ मत गनिसक्दा उनले १२ सय २८ मत पाएका हुन्।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ८७१ मत पाएका छन्। शाह ३५७ मतले अगाडि छन्।

त्यस्तै नेपाली कांग्रेसकी सृजना सिंहले ६९९ मत पाएकी छन्।

अहिले राष्ट्र सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वडा नम्बर १, २, ३, ४  र ३२ नम्बरको मतगणना भइरहेको छ।

यसअघि ३२५९ मत गन्दा शाहले १०५३ मत पाएका थिए भने स्थापितले ८३८ मत पाएका थिए।