रंगेलीमा मतपत्र बढि भेटिएपछि मतगणना स्थगित

रबिन्द्र बराल/माेरङकाे रंगेली नगरपालिका मा मतगणना स्थगित भएको छ । मतगणना गर्ने क्रममा रंगेली ७ काे मतपेटिका खल्दा खेरी खसेकाे मत भन्दा १ सय ७ मत भेटिए पछि विभिन्न पाटिका कार्यकर्ता हरु ले बिराेध गरेका छन । अहिले बडा हरु काे मतगणना स्थगित भएको छ । रंगेलीको वडा नं ७ को २,१३३ मतगणना भइसकेको थियो । गन्न बाँकी १,२१६ थियो । तर, ३,२४२ मत खसेकोमा जम्मा मत ३३४९ मत भेटिएपछि सबै बडा काे मतगणना बन्द भएको हाे ।

उनी हरु ले बिहन मतगणना स्थलकाे गेट अगाडि टायर बालेर बिराेध समेत गरेका छन । निर्वाचन अधिकृत रामहरि काफ्ले का अनुसार बडा नम्बर ७ बाट १० बटा मतपेटिका आफू हरु ले बुझिलिएकाे र मतगणना गर कम्पुटर मा सिट मिलाउ ने क्रममा १ सय काे एक मुठ्ठा बडि कम्पुटर मा एन्ट्रि भएको भएको समेत बताए । उनलेे भने साे भन्दा पहिला गणना गरिएको मतपत्र पुनः गन्ति गर्दा मतपत्र बडि नहुने समेत बताएका छन ।