अब ६८ बर्षमै वृद्धभत्ता, भत्ता रकम पनि बढ्यो, भत्ता लिन्न भन्नेलाई सम्मान गछौंः अर्थमन्त्री

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै यस्ता भत्ता पाउनेको उमेर हद घटाएका हुन् । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने बताए । वृद्धभत्ताको नाममा विकास निर्माणमा खर्च गर्नुपर्ने पैसा दल र नेताहरुले भाट बैंकका लागि वितरण गरेको भन्दै आलोचना भइरहेको बेला उमेरहद घटाइएको हो ।

यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले यस्तो उमेरहद ६५ बर्ष कायम गर्ने निर्णय गरे पनि असफल भएकोमा अहिले भने ६८ बर्ष कायम गरिएको हो । दलहरुले वृद्धवृद्धादेखि विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, लोपोन्मुख जातिका व्यक्ति, गम्भीर रोग लागेकाहरुको उपचारका लागि भन्दै भत्ता तथा उपचार खर्च वितरण गर्दै आएको छ ।