तरुण दलले सुनवर्सिमाद्वारा रक्तदान गरियो

जेष्ठ १५आईतबार/रबिन्द्र बराल,गणतन्त्र दिवस काे अवसरमा नेपाल तरुण दल सुनवर्सि ले रक्तदान कार्यक्रम काे आयोजना गरेको छ । सुनवर्सि ४ स्थित गाेल गाउँमा पहिलोपटक खुला रक्तदान गरिएको हाे । जिल्ला रेडक्रस बिराटनगर काे सहयोग तथा जयन स्वास्थय किल्निक काे सहकार्यमा साे रक्तदान कार्यक्रम गरिएको थियोे । कार्यक्रम काे प्रमुख अतिथि नेपाली काङ्ग्रेस का बडा सभापति कृष्ण देव दास, बडा अध्यक्ष छेदि यादव, बिनाेद राजवंशी ,तरुण दलका सभापति जय प्रकाश राजवंशी , स्थानीय बिनाेद यादव, कमल राजवंशी लगायत काे समेत उपस्थिति रहेको थियो ।

गाउँ घरमा धेरै स्थानीय तथा सर्वसाधारण हरु लाई आफ्नो ब्डल ग्रुप समेत थहा नभएको र गाउँ घरमा काेही बिरामी पर्दा व्लड काे आवश्यकता हुदा समेत कसैलाई आफ्नो ब्लड ग्रुप थहा नहुदा अन्यत्र खाेजनुपर्ने बाध्यता समेत रहेकाे तरुण दलका जयप्रकाश ले बताए । जयन स्वास्थ्य किल्निक ले उपस्थित भएका सबै स्थानीय हरु काे निशुल्क ब्लड ग्रुप पहिचान
गरिएकाे थिए । कार्यक्रममा व्लड दिने स्थानीय युवा हरु लाई तरुण दल ले प्रमाणपत्र समेत बितरण गरेका थिए । उक्त रक्तदान मा ५६ जना युवा हरु ले ब्लड डाेनेस समेत गरेका थिए ।