रंगेली कानेपोखरी सडक जोखिम जनप्रतिनिधि मौन

जेष्ठ ३० साेमबार/रबिन्द्र बराल ,माेरङकाे रंगेली कानेपाेखरी सडक जाेखिम बन्दै गएको छ । रंगेली नगरपालिका ७ र ८ काे सिमानामा रहेकाे बक्राह पुल एउटा पङ्खा बिगत एक बर्ष अगाडि बर्षाकाे समयमा भत्किएको थियोे । अहिले साेहि स्थान बाट केही दिन देखि काे अबिर वर्षा का कारण सडक नै भासिदै गए पछि सडक जाेखिम मा पर्ने थालेको छ । केही महिना अगाडि समेत विभिन्न सन्चार माध्यम मा समचार समेत प्रकाशित भएको भएता पनि सम्धित निकाय माैन देखिएकाे छ । साेहि सडक बाट दैनिकी जनप्रतिनिधि हरु आवतजावत गर्दा समेत सडक जाेखिम देखि रहेता पनि नदेखे जस्तो गरेर हिडिरहेका छन । रंगेली नगरपालिका मा पुनः निर्वाचित भएर आएका मेयर , र बडा नम्बर ७ र ८ का बडा अध्यक्ष लाई समेत साे सडक भत्किएको नदेखिएको जस्तो गरिरहेको देखिन्छ । अहिले विभिन्न नगरपालिका का जनप्रतिनिधि हरु जनता का लागि नयाँ नयाँ बिचार काम हरु अगाडि बडाईरहेका छन ।

रंगेली नगरपालिका का जनप्रतिनिधि हरु लाई अहिलेसम्म पनि फुलमाला र स्वागत गर्ने काम सकिएकाे छैन । जनप्रतिनिधि हरु ले आफ्नो नगरभित्र रहेका समस्या काे सम्धान गर्ने बिषयमा कुनै चासाे देखाएकाे छैन । साे ठाउँमा समयमै मर्मत नभए सडक नै थप जाेखिम मा पर्ने देखिन्छ भने रंगेली कानेपाेखरी सडक नै बन्द हुने सम्भावना समेत बडदै गएको छ । समयमै सम्धित निकायले ध्यान दिनु जरुरी देखिन्छ ।