ठेक्केदारको लापरबाही सर्वसाधारणलाई सास्ती

असार ४ शनिबार/रबिन्द्र बराल,माेरङकाे रंगेली नगरपालिका ८ स्थित नेपाल विद्युत प्राधिकरण अगाडिको बटाे एक बर्ष देखि निर्माणकार्य नहुदा सम्पन्न नहुदा उक्त सडक अहिले हिलाम्मे भएको छ । साता दिन देखि परेको अबिरल बर्षाका कारण सडक हिलाम्मे भएपछि स्थानीयलाई आवतजावतमा समस्या भएकाे छ । साे सडक निर्माण गर्नेका लागि रायमाझी /भीमेश्वर जेभी भक्तपुर ले जिम्मेवारी पाएकाे हाे ।

तर दुई बर्ष बितिसक्दा समते सडक निर्माणकार्य भने कछुवा काे गति निर्माण गरेका कारण स्थानीयलाई आवतजावतमा निकै समस्या भएकाे स्थानीय बताउँछन् । अहिले सडकमा रहेको हिलाेका कारण खच्चा पदार्थ बाेकेर चन्डिका डिस्टिलरी मा आएकाे ठुला तथा साना सबारी हरु समेत हिलाेमा फस्ने गरेको छ । भने साइकल, माेटरसाइकल चालक तथा पैदलयात्री कतिपटक लडिसकेका छन् । जेभीले पूर्वाधार विकास कार्यालय माेरङ, भाैतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश कार्यालयमार्फत कुल ४१ करोड १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँमा उक्त सडक निर्माणकाे लागि ठेक्का पाएकाे हाे ।गतवर्ष असाेज २७ गते सम्झाैता भएकाे याे सडक २०७८ असाेज ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ ।