सरकारी कार्यलयको वरपर मदिरा बिक्रीमा रोक लगाउन नगरपालिका अगाडि बड्दै

असार ५ आईतवार/रबिन्द्र बराल ,रंगेली नगरपालिकाले विपद व्यवस्थापन काे लागि बैठक राखेको छ । यस बर्ष मनसुन चाडै सुरु भएको र बिगत काे तुलनामा मनसुन बिगत काे भन्दा बडि सक्रिय हुने माैसम बिभाग ले जानकारी समेत गराउदै आएको छ ।

उक्त कुरालाई मध्ये नजर राख्दै नगरपालिकाले पहिलो पटक विपद्घ व्यवस्थापन काे बैठक ले सम्भावना प्रभावित व्यक्तिहरु‌लाई सुरक्षित स्थानमा राखी उचित प्रवन्ध मिलाउने , उच्च क्षेत्रको खोजी, पहिचान गर्ने जिम्मेवारी का नेपाल प्रहरी , ससस्त्र प्रहरी लाई अत्यावश्यक सामााग्री प्रदान गरिने, विपद्घ काे समयमा तत्काल उद्‌धारको कार्यमा जनपद प्रहरी, सशस्त्र युद्धटरी, नगर प्रहरी परिचालन गराउने, विपद्‌को समयमा घाइतेको उपचार‌को लागी रंगेली अस्पतालमा विशेष टोली बनाई परिचालन गर्ने, रंगेली नगरपालिकाले उद्‌धार सामाग्री (खरीद गरी तयारी अवस्थामा राख्ने तथा JCB दमकल, एम्बुलेन्स लगायत साधन तुरुन्त सवा प्रदान गर्ने ,

त्यसैगरी संसारीमाई स्थान को चिसाङ खोलाको पूर्वपट्टी कटान नियन्त्रण गर्ने , सरकारी कार्यलय अस्पताल, बिधालय लगायत सार्वजनिक कार्यालयको १०० मिटर वरपर को क्षेत्रमा मदिरा बिक्रि वितरण कार्य गर्न नहुने कानुनी प्रावधान काे पालना भए-नभएको वारेमा सर्वदलिय एककृत टोली परिचालन गरी अनुगमन गर्ने लगायतकाे काम हरु निर्णय समेत गरिएको छ । बैठक मा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , कार्यकारी अधिकृत नवराज कार्की , ईलाका प्रशासन अधिकृत उपेन्द्र राई, बडा अध्यक्ष लगायतकाे उपस्थिति रहेको थियोे ।