सुनवर्सिमा आगलागी हुदा २० लाख रुपैयाँ बराबरको क्षती

असार ९ बिहीबार/रबिन्द्र बराल,मोरङ सुनवर्षी नगरपालिका ५ टकुवा मा आगलागी हुदा ईसुक मिँयाको भान्सा घरमा बिधुत सट भई अचानक आगो लागी भएको छ । आगलागीबाट स्माइल मिँयाको १ तले ३ कोठे घरमा र मोहमद समिम घर बाट दिउँसो १ बजे आगलागी सुरु भएको थियोे ।

आगाे नियन्त्रणका लागि नेपाल प्रहरी, रंगेली को दमकल र स्थानिय हरु ले आगाे नियन्त्रणमा लिएका थिए । आगो लागी बाट मानविय चौपाय क्षति नभएको र घर धनिको भनाई अनुसार नगद ,सुन, चाँदी, अन्नपात ,लत्ता कपडा,भाडावर्तन, कागज पत्र र स्माइल मिँयाको घरमा राखेको को ३ प ५६०८ नम्बरको मोटरसाईकल र २ वटा साईकल समेतमा आंसिक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट आन्दाजी बिस लाख रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक शाैलेश न्याैपाने ले बताए ।