आज बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३ सयले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले घटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।