रंगेली अस्पताल प्राङ्गणबाट कर्मचारीको मोटरसाईकल चोरी

असार १३ साेमबार/रबिन्द्र बराल,माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको अस्पतालमा दिनदहाडै चाेरी भएको छ । रंगेली ८ बेलचाेक घर भएका सन्ताेष नेपाल काे काे १५ प ८२०७ नम्बरको प्यासन माेटरसाईकल आईतबार दिउँसो चाेरी भएको हाे । अस्पतालमा कार्यरत अहेव नेपाल काे रंगेली अस्पताल मा दुई बजे डिउटिमा आए आएका र ३ बजे बाहिर निस्केर हेर्दा आफ्नो माेटरसाईकल नदेखे पछि उनले प्रहरीलाई खवर गरेका थिए । उनले माेटरसाईक राखेको स्थानमा सिसि क्यामरा समेत नरहेकाे हुनाले प्रहरीलाई समेत खाेजिकार्य गर्ने असज भईरहेकाे छ ।

ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक शाैलेश न्याैपाने ले हराएको माेटरसाईकल काे खाेजिकार्य का लागि आफुले आफ्नो एरिया का सिमा क्षेत्रका सबै युनिट लाई खाेजिकार्य गर्ने र चेकजाँच गर्ने समेत निर्देशन समेत दिई सकेकाे न्याैपाने ले बताए ।