केन्द्रीय कमिटीमा ७० जना सहित आज नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् । नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले रातोपाटीलाई जानकारी दिए ।